मुगु । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटकीय चहलपहल सुरु भएको छ । हिउँद सकिएसँगै रारामा आन्तरिक तथा बाह्य चहलपहल बढ्न थालेको हो । अहिले रारामा हवाईमार्गबाट प्रतिदिन ३० जनासम्म पर्यटक आइरहेका छन् । सडकमार्गबाट आउनेको संख्या पनि बढिरहेको छ । एक साताअघि ११ जना इटालीयन नागरिकको टोली रारा भ्रमणमा आएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । […]
दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङखलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष व
काठमाडौँ,१२ असोज । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो । यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन […]
काठमाडौं, भदौ ३० । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा नेपाल आउने […]
मुस्ताङ । मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरि गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए । ‘सडक र हवाई मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,’ उनले भने ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको उपस्थिति बढेको छ ।’
म्याग्दी भएर दैनिक ५० बस, १५० जिप र २०० का दरले मुस्ताङमा पर्यटकका सवारीसाधन भित्रिने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रहरी प्रमुख इन्द्रबहादुर नेपालीले बेनीको कालीपुल पोष्ट र भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकीले मुस्ताङ भित्रिने र बाहिरिने सवारी साधनको अभिलेख राख्ने गरेको बताए ।
कोरोनाविरुद्धको खोपको पहुँच बढेपछि संक्रमण घटेको, पर्यटकीयस्थलमा लगाइएको प्रतिबन्ध हटाएर खुला गरिएको र अनुकूल मौसमका कारण पनि पर्यटकको चहलपहल बढेको हो ।
मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, लेतेलगायत पर्यटकीयस्थलमा अहिले पर्यटको जमघट देखिन्छ । आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट समूह बनाएर आन्तरिक पर्यटक भ्रमणमा आएका जोमसोम निवासी सम्झना थकालीले बताए । चीनको सिमानास्थित कोरला नाकासम्मै सडक पुगेको छ । यातायातको सहज पहुँच र यात्राको खर्च सस्तो हुनुका साथै समय पनि छोटिएको छ ।
२०७६ चैतदेखि कोरोना भाइरसको महामारी फैलिएपछि पछिल्ला दुई वर्ष मुस्ताङमा पर्यटकीय गतिविधि सुनसान थियो । पर्यटक नआउँदा करोडौंको लगानीमा खोलिएका होटल तथा रेष्टुरेष्ट सुस्ताएका थिए । पर्यटकको चहलपहल बढेसँगै थलिएको होटल व्यवसाय पुरानै लयमा फर्कने आशा व्यवसायीको छ । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीहरुलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्यले बताए । रासस
काठमाडौँ– कोरोना कहरले थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । अहिले नेपालका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको छ । भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्ने पर्यटकको संख्या पनि बढ्न थालेको छ । अहिले भक्तपुर दरवार स्क्वायर परिसरमा विदेशी पर्यटक पनि आउन थालेका छन् । तस्वीर रासस
रोल्पा – पछिल्लो केही वर्षयता रोल्पाको कालिपोखरीमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाले प्रायः बन्द जस्तै रहेको कालिपोखरीमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो। यससँगै कालिपोखरी नाइट फायरक्याम्पका रूपमा समेत महत्वपूर्ण गन्तव्य बन्न थालेको छ। रात बिताएर आनन्द […]
मुलुककै राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो ।
प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थलमा आन्तरिक तथा बाह्य उडान घटाएसँगै नेपाल र ठमेल घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बन्न पुग्यो । थोरै लगानी गरेर धेरै फाइदा ल