यमनमा आर्थिक सहयोग वितरणस्थलमा भागदौड मच्चिँदा ७८ जनाको ज्यान गयो

यमनमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले जनाएको छ । सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा मानिसहरू आतङ्कित भएर भागिरहेको देखिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिव्यक्ति ९ डलर वितरण गर्ने समाचार थाहा पाएपछि सयौँ मानिस विद्यालयमा भेला भएका थिए । पर्याप्त सुरक्षा र योजनाविना रकम सह...