खोला तर्ने क्रममा बगाएर मृत्यु

त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको मंगलबार खोला तर्ने क्रममा ज्यान गएको हो ।  बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । थापाका अनुसार स्थानीयबासीले

सम्बन्धित सामग्री

खोलाले बगाएर सब इन्जिनियरको मृत्यु

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ। बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राती १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको प्रहरीको भनाइ छ। एक्स्काभेटर चालक

अर्घाखाँचीमा खोलाले बगाएर एक पुरुषकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा प्रहरी चौकी […]

खोलाले बगाएर एक जनाकाे मृत्यु

उदयपुर – त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मृत्यु भएको छ। मंगलबार त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको खोला तर्ने क्रममा ज्यान गएको हो। बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए। बजारबाट घर फर्कदा […]

खोलाले बगाएर धनकुटामा वृद्धको मृत्यु

धनकुटा : चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। चौबिसे-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्कालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।आइतवार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयवासीले मृत अवस्थामा फेला पारेका थिए।

खोला तर्ने क्रममा बाढीले बगाएर किशोरको मृत्यु

खोलाले बगाएर रौतहटमा एक किशोरको मृत्यु भएको छ। खोला तर्ने क्रममा बाढीले बगाएर रौतहटको चन्द्रपुर नगरपालिका ३ बरबोटका १४ वर्षीय किशोरको मृत्यु भएको हो।...

काभ्रेमा खोलाले बगाएर एकजनाको मृत्यु

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–५ सतिघाटस्थित खानीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बिहीबार खुवा पुर्‍याएर फर्किने क्रममा खोलाले बगाउँदा ४२ वर्षीय लोक्तोङ भनिने रामलाल बलको मृत्यु भएको हो।प्रहरीका अनुसार उनलाई खानीखोला–२ मकैबारीमा खुवा पुर्‍याएर फर्किने बेला खोला तर्ने क्रममा बगाएको थियो। उनको शव सोही वडाको ढोकास्थित खानीखोला पुलमुनि दिउँसो ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको प्रहरी जनाएको छ।जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले खोलाले बगाएर एक युवा मृ

उदयपुरमा बाढीले बगाएर बालिकाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका स्थित भालु खोलामा आएको बाढीले बगाएर स्थानीय १३ वर्षीया बालिकाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ घर भएकी यसिका राईको आइतबार विहान बाढीले बगाउँदा मृत्यु भएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।खोला छेउमा पार्किङ गरेर राखेको प्र–१–०५–००१ह ०१२७ नम्बरको अटो बाढीले बगाउने डरले पन्छाउन परिवारसँग गएकी बालिकालाई अचानक आएको बाढीले बगाएको थियो । प्रहरीले ८ किलोमिटर तल त्रियुगा नगरपािलका–९ बाट बालिकाको शव निकालेको छ । उनको शव पोष्टमार

गोरखामा खोलाले बगाएर एकको मृत्यु

१९ असार, गोरखा । आरुघाट गाउँपालिका–३ सोतीस्थित फङ्गी खोलाले बगाएर गोरखामा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका- १ श्यामचेतका २६ बर्षीय किरण लामाको ज्यान गएको प्रहरीले जनाएको छ । ‘ठाडो खोला रहेछ, तर्ने क्रममा बगाएर ३० मिटर तल फालेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर उपचारको लागि […]

खोलाले बगाएर रौतहटमा एक युवकको मृत्यु

बकैया नदीभन्दा पारिपट्टी रहेको आफ्नो खेतमा रोपाइँको लागि जाने क्रममा खोला पार गर्न खोज्दा स्थानीय ढेडा चनौका २५ वर्षीय छोरा प्रमोद चनौलाई बाढीको भेलले बगाएर लगेको हो।...

आँखुखोलाले बगाएर एक दम्पतीको मृत्यु

आँखु खोला तर्ने क्रममा शनिबार बगाएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव खोला तर्न लागेको भन्दा २ सय मिटर तल बगरमा भेटिएको प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए।...