गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताएका छन्। गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपति भए मुलुकमा राजनीतिक स्थिरता हुने बताए। उनले भने,‘सबै राजनीतिक दलसँग सल्लाह गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित