दक्षिण अफ्रिकामाथि बंगलादेशको ऐतिहासिक जित

दक्षिण अफ्रिकी भूमिमा बंगलादेशले एकदिवसीय क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा घरेलु भूमिमा दक्षिण अफ्रिकालाई ३८ रनले हराउँदै बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो । बंगलादेशले दिएको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा अलआउट हुँदै मात्र २७६ रन बनायो । सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ८६ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले ७९ रनको अर्धशतकीय पारी खेल्दा  टेम्बा बाभुमाले ३१ रन जाडे । बलिङतर्फ बं