नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए अनुसार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
वीरगन्जमा बिहीबार तीव्र गतिमा चलाइएको २ मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु र ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ का २५ वर्षीय अर्जुन पटेल छन् । घाइते ३ मध्ये २ नाबालक छन् ।
पाल्पामा जिल्लामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् । पाल्पाको रामपुर नगरपालिका बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप सानी अमराईमा ठोक्किँदा निस्दी गाउँपालिका–२ का ४५ वर्षीय चोपबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वी
स्याङ्जा । ३ दिन देखि परेको अविरल बर्षाद्ले स्याङ्जामा पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको गल्याङ् नगरपालिका १ धार्मिक स्थल रहेको राम्दीमा पहिरोले दुई घर पुरिदा एक जनाको उद्धारकै क्रममा निधन भएको छ भने ३ जना घाइते भएका हुन् ।
पाल्पा : स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले घर पुरिएको छ। आइतबार करिब साढे चार बजे पहिरो खसेको हो।उक्त घरमा होटल संचालन हुँदै आएको थियो। पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको हो। सिद्धार्थ राजमार्ग छेउमा रहेका होटल पुरिएका हुन्। पुरिएको अवस्थामा रहेका ४ जनाको उद्धार गरिएको घटनास्थल पुगेका गल्याङ प्रहरी चौकीका हवल्दार मदन तिमिल्सिनाले बताए। उद्धार गरिएका मध्य एक जनाको मृत्यु भएको छ। यात्राका क्रममा होटलमा नास्ता खान बसेका उनको मृत्यु भएको
बागलुङमा एक साताको अवधीमा कालिगण्डकी नदिमा डुबेर ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार गत विहीबार बागलुङ नगरपालिका–१ निरयघाटमा पौडी खेल्न गएका दुई युवा बेपत्ता भएका थिए।
बेपत्ता...