काठमाडौं (हाम्रो खेलकुद) – सीताराम कार्कीको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी सर्वसम्मत चयन भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी चयन गरेको नेपाल खेलकुद महासंघले जनाएको छ । भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि […]