फ्रान्स र अष्ट्रीया बराबरीमा रोकिए, क्रोयसियाको जित

यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स  १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रीयासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे ।  यसअघि घरेलु टोली अष्ट्रीयाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए । यता, अष्ट्रीयाको भने प्रतियोगितामा पहिलो हार हो । यस्तै, समूहक

सम्बन्धित सामग्री

फ्रान्ससँग अष्ट्रीया २-० गोल अन्तरले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ । फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट […]

फ्रान्ससँग अष्ट्रीया पराजित

युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे ।  ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रीया ४ अंक जोडेर पुछारमा छ ।