काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्तरराष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री भुवन पाठक प्रमुख रहेको अन्तरराष्ट्रिय सम्बन्ध विभागलाई आइतबार पूर्णता दिएका छन्।अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई विभागको सदस्य सचिव मनोनयन गरेका छन्।प्रवक्ता लावतीले जानकारी गराए अनुसार अन्तरराष्ट्रिय सम्बन्ध विभागका सदस्यहरूमा शोभित उप्रेती, प्रेक्षा मल्ल, लोकनाथ तिवारी, अन्जना चाकुवजी शाह, रोजेश रिजाल, अरुणा ज्ञवाली र विमल प्रताप श