१९ औँ एसियाड : के यसपालि पनि खाली हात फर्किँदैछ नेपाल?

ललितपुर : मिनी ओलम्पिकका रूपमा परिचित एसियाली खेलकुद प्रतियोगिता (एसियाड) चीनको हाङझाउमा चलिरहेको छ।नेपालबाट केही पूर्व राष्ट्रिय खेलाडी समेत असम्बन्धित खेलको व्यवस्थापक समेत बनेर चीन पुगेको यो एसियाड अरुले भनेजस्तै खेलाडीले पदक ल्याउने भन्दा पनि पदाधिकारी र अरुलाई घुम्ने अवसर बन्न पुगेको  छ। ७२ वर्षे इतिहास बोकेको वर्तमान १९ औँ संस्करणको एसियाडमा नेपालका लागि एउटा कास्य पदक ल्याउन पनि हम्मे परिरहेको छ। पदकको आशा गरिएका खेलमा समेत नेपालको प्रदर्शन उत्साहजनक देखिएको छैन।