बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने

बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसानहरू उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसानहरू उत्पादन बढ्नेमा आशावादी देखिएका छन् ।

सम्बन्धित सामग्री

आँप उत्पादनमा वृद्धि हुने

बाँकेमा यस वर्ष आँपको उत्पादन क्षेत्रफल केही घटेको भए पनि आँप उत्पादनमा भने वृद्धि हुने भएको छ ।

बोट झांगिने गरी फुलेकाले आँपको उत्पादन बढ्ने

खजुरा । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झांगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । वर्र्षेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नुका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएको बारी होस् वा आँपको बगैंचा नै यतिबेला सबैतिर आँपका रूख फुलेर झपक्कै भएका छन् । बाँकेका अधिकांश घरमा घरायसी प्रयोजनका लागि आँपका रूख लगाइएका छन् । व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका बगैंचा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताए । यस वर्ष आँपको उत्पादन बढ्ने उनको विश्वास छ । उनले भने,‘आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।’ बाँकेमा चैत, वैशाख र जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पुर्‍याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले बताएको छ । जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दालगायत अन्य जातका रुख पनि लगाइएका छन् । बाँकेभर करीब ३०० हेक्टर जमीनमा आँप लगाइएको अनुमान केन्द्रको छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । जिल्लाको सीतापुर, भवानियापुर, डुडुवालगायत क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ । रासस

यस वर्ष आँपको उत्पादन बढ्ने

बाँके । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ ।