काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले शपथको व्यहोरा संसदबाटै पास गर्नुपर्ने बताएका छन्। शपथ सम्बन्धी विधेयक २०७९ माथिको छलफलमा बोल्दै उनले शपथ खुवाउनेले एउटा र खानेले अर्को बोल्दा हास्य-व्यङ्ग्यको पात्र बन्ने भन्दै सबै व्यहोरा संसदबाटै टुंगो लगाउनुपर्ने बताएका हुन्।‘शपथ खुवाउनेले एउटा, खानेले अर्को कुरा नभनौं’, जनता भन्ने भए पनि यहिँ लेखौं, इश्वर भन्ने भएपनि यहीँ लेखौँ । के भन्ने हो यहीँबाट पास गरौं।’ महतले भने, ‘कि जनता वा इश्वर लेखि दिउ