कविद्वय घनश्याम कँडेल र चन्द्रप्रसाद न्यौपानेलाई छन्द साधना पुरस्कार

काठमाण्डाै - छन्द–तरङ्ग, काठमाण्डाैले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्द साधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्द साधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष पच्चीस हजार रुपैयाँसहितको छन्द साधना पुरस्कार प्रदान गर्दै आएको छ । हिजाे आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार प्रदान गर्दै कँडेल र न्यौपाने दुवै स्रष्टाले...