कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को जोडी नयाँ होइन । उनीहरूको जोडी जमेको ४४ वर्ष भइसक्यो ।
उनै मह जोडी अर्थात मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवाताल किनारमा गफिए ।...
ख्यातिप्राप्त हास्यव्यग्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सिक्किमको गान्तोकमा अभिनन्दित भएका छन्। मह जोडीलाई नेपाली साहित्य परिषद् सिक्किमले भानुजयन्तीको अवसर पारेर गान्तोकमा आयोजित एक विशेष समारोहबीच अभिनन्दन गरेको हो। मह जोडीलाई हास्य विधाका महास्रमाट र अद्वितीय व्यक्तित्वको उपाधिका साथ विशेष सम्मानपत्र, फूलमाला र दोसल्ला ओढाएर सिक्किम सरकारका, सभामुख, मन्त्री सोनाम लामा, मुख्यमन्त्री […]
सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावनादूत (ब्राण्ड एम्बेसेडर) मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ ।कम्पनीको स्थापना कालदेखि नै ब्राण्ड एम्बेसेडरको रुपमा मह जोडी सिटिजन लाइफसँग आवद्ध थिए ।सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल र श्रेष्ठ र आचार्यको हस्ताक्षर रहेको छ । सम्झौतापछि मह जोडीले सिटिजन […]
काठमाडौं (अस) । नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् । मंगलबार कम्पनीले मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको टेलिकमले बताएको छ । सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्यले हस्ताक्षर गरे ।
मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएपछि बजारमा विस्तारले थप उचाइ छुने विश्वास कम्पनीको छ ।
टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कम समयमै आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा–सुविधाबारे नागरिकलाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरको भूमिका सहयोगी हुने बताए ।
सम्झौतापछि ब्रान्ड एम्बेसडरद्वयले टेलिकमका सेवाको प्रचार, ब्रान्ड प्रवद्र्धनलगायतमा सहभागिता जनाउनेछन् ।
काठमाडौं– हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह) नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होमका अध्यक्ष सरोज वलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका […]
काठमाण्डौ – देशको हास्य व्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि 'मह' जोडीको रूपमा चिनिनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा हिजो मङ्गलवार आयोजित एक कार्यक्रममा योसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज व...
मह जोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित अवैतनिक महाबाणिज्य दूताबास तथा कविता गृह पुगेका छन् । अमेरिकाको भ्रमणमा रहेका मह जोडीलाई लोक गायक तथा महावाणिज्यदूतह प्रेमराजा महतले स्वागत गरे । कार्यक्रममा शिवहरि पौडेलको पनि सहभागिता रहेको थियो ।गत मंगलबार अक्टोबर २६ का दिन कविता गृह प्रेम राजा महतकी जीवन संगिनीको नाममा राखिएको कुटीमा अमेरिका पुगेका केही विशिष्ट कलाकारहरुको सहभागिता थियो । कार्यक्रममा दिवा भोजको कलाकारहरुले कविता गृहको अवलोकन गरेका थिए
१५ चैत, जनकपुरधाम । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) लाई महामुर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्य परिषद् (मिनाप) ले होली पर्वको अवसर पारेर प्रत्येक बर्ष प्रदान गर्ने यो उपाधि हास्य कलाकार मह जोडीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा उपाधि ग्रहण गर्दै मह जोडीले मधेश, पहाड […]