विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज कोरोना संक्रमित विरामीको शल्यक्रिया गरिएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ बर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलालाई अर्धचेत अवस्थामा नोबेल अस्पताल ल्याइएको थियो । उनको टाउकोमा चोट लाग्नुका साथै मस्तिष्कमा रगत जमेको थियो । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । तरपनि, अप्रेशन ढिलो हुँदा विरामीको ज्यान जानसक्ने खतरा बढेपछि नोबेल अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. प्रक...