क्रियाशिल दलित पत्रकार संघ नेपालको अध्यक्षमा सुनार

क्रियाशिल दलित पत्रकार संघ नेपालको केन्द्रीय समितिमा अध्यक्षमा नागरिक दैनिककी पवित्रा सुनार निर्वाचित भएकी छिन्। संघको मंगलवार राजधानीमा सम्पन्न प्रथम साधारण सभाले सुनारलाई निर्वाचित गरेको हो। सभाले १७ सदस्यीय समिति गठन गरेको छ।