राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको हकको सम्मान गर्न आग्रह गरेको छ । जबरा माथिको महाअभियोगको प्रकरणपश्चात् सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगको टोलीले आज सर्वोच्च अदालतका साथै प्रधान न्यायाधीश राणाको निवासमा पुगी राणासँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको थियो । आयोगका अनुसार राणा सर्वोच्चमा बहाली गर्न जाने तयारी गर्दा