झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर 'फुड पोइजन' हुँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । हालसम्म शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा ४ र मनमोहन अस्पतालमा ३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् ।
२७ भदौ, विराटनगर । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।
अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा …
झापा – मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो । पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी आज बिहानदेखि बिरामी परेको इलाका प्रहरी […]