नाैबिसेबाट नागढुङ्गासम्म ३ घण्टादेखि जाम, हजारौँ यात्रु अलपत्र

 काठमाण्डाै – ठाउँठाउँमा गाडी बिग्रिएका कारण धादिङकाे नौबिसेबाट काठमाण्डौको नागढुङ्गासम्मको सडकमा तीन घण्टादेखि जाम रहेको छ । राजमार्गभर गाडीको लाइन लागेको छ भने हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुले दिउँसो २ बजेदेखि जाममा परेको गुनासो गरेका छन् । ठाउँठाउँमा गाडी बिग्रेका कारण सडक अस्तव्यस्त भएको ट्राफिक चेकपोस्ट नागढुङ्गाले जनाएको छ । गाडीको चापका कारण उपकरण लगेर बिग्रेका गाडी हटाउन समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ ।  गाडी हटाउने एउटा उपकरण पनि सडकमा नराख्दा ...

सम्बन्धित सामग्री

नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुल्यो

काठमाण्डाै - लगातारको वर्षाका कारण पहिरो खस्दा बन्द भएको काठमाण्डाैसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुलेको छ । बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएर बन्द भएको यो सडक केहीबेर अघिदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।  एकतर्फी रुपमा सडक खुले पनि गाडी चापमा चलिरहेका प्रहरीले जनाएकाे छ । अहिले सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको प्रहरीकाे भनाइ छ।   सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका थिए ।  ...

नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुुईतर्फी नै बन्द

काठमाण्डाै - लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाण्डाैसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ । अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ । सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् । हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसाे १ बजेदेखि सडक खुलाइएको थियो । काठमाण्डौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौँ यात्रुु ओहो...