झापा : चट्याङले लागेर झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-५ निवासी ४० वर्षीया मनमाया थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार घरपछाडि काम गरिरहेको अवस्थामा उनलाई आइतबार दिउँसो हावाहुरी, पानीसँगै परेको चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएकी उनलाई उपचारको लागि मेडीम्याक्स अस्पताल गौरादहतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाठकले बताए। उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइए