सुर्खेतका बाढीपीडिलाई सात वर्षपछि पुन:स्थापनाको तयारी

सुर्खेत : सुर्खेतका विभिन्न ठाउँहरुमा सात वर्षदेखि शिविर तथा टहरामा बस्दै आएका बाढीपीडितलाई सरकारले दसैँ सम्ममा शिविरबाट बिदा गर्ने भएको छ।कर्णाली प्रदेश सरकार तथा सुर्खेतका स्थानीय तहले आउँदो दसैँ भित्रै बाढीपीडितको पुर्नस्थापना गर्ने तयारी थालेका हुन्। सात वर्षसम्म पालको टहरामा राहतको आस गर्दै बसेका बाढीपीडितलाई प्रदेश सरकारले प्रतिघरधुरी तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने तयारी थालेको हो।त्यस्तै प्रदेश सरकारको राहत वितरणसँगै बाढीपीडित भएका सम्बन्धित स्थानीय तहले पुर्नस्थापनाको जिम्मेवारी लिने