मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिरोको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन् ।मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै गाउँसभा गरिसकेका छन् । तर चामे र नार्पाभूमि गाउँपालिकाको भने गाउँसभा हुन सकेको छैन । सबैभन्दा बढी जोखिममा परेको नासोले बगरमा नै गाउँसभा गरेको छ भने ङिस्याङले भर्चुअल माध्यमबाट गाउँसभा गरी बजेट सार्वजनिक गरेको छ ।&nbs