सल्यानमा मामाले गरे ८ वर्षीय भाञ्जाको घाँटी रेटेर हत्या
काठमाडौँ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा मामाले भाञ्जाको हत्या गरेका छन् । कुपिण्डे–१० स्थित माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् । नातामा उनीहरु मामा भाञ्जा
घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पा प्रहार गरी भान्जा भिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।