नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थानीय तहको रिक्तता कल्पना नगरेको बताउनुभएको छ ।
निर्वाचनको विषयमा निर्णय गर्दा स्थानीय तह रिक्त हुनपूग्छ भने त्यो असंवैधानिक हुने उहाँको भनाइ छ । सरकारले स्थानीय तहको भन्दा पहिला संघीय संसद्को निर्वाचन गर्ने विषयमा छलफल चलाएपछि महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।