बल्झिरहन्छ दोरम्बा

१० वर्षे माओवादी सशस्त्र विद्रोहको प्रमुख स्मरणीय घटनामध्येको एक हो- दोरम्बा काण्ड । माओवादी-सरकारबीच दाङको हापुरेमा शान्ती वार्ता जारी रहेकै बेला नेपाली सेनाले रामेछापको दोरम्बामा २१ जना सर्वसाधारणको हत्या गरेपछि त्यो वार्ता मात्रै बिथोलिएन; दोरम्बा आफैंमा युद्ध र द्वन्द्वको थलोसमेत बन्न पुग्यो । २०६० साल साउन ३२ गतेको त्यो कालो दिनलाई दोरम्बाबासीले कहिल्यै भुल्ने छैनन् ।