२४ जेठ, काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ । त्यसका लागि असार २ गते विहानसम्म काठमाडौं आइसक्न महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् । एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् । जनप्रतिनिधिलाई वर्तमान राजनीतिक […]