चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो : हिउँदे ओलम्पिक नजिकिएसँगै उच्च सतर्कता

काठमाण्डाै - चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक रुपमा बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्। हिजो हेनान र तियाजिन प्रान्तमा गरी एक सय ४३ जना सङ्क्रमित भेटिएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। सङ्क्रमण बढेपछि चीनको उत्तरी सहर सियानमा अघिल्लो महिनादेखि नै लकडाउन गरिएको थियो। डिसेम्बर मध्यतिर दैनिक एक सय ५० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोरोना नियन्त्रण गर्न कडा रणनीति अपनाउँदै आएको...

सम्बन्धित सामग्री

मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्री राईलाई हिजाे गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएसँगै मुख्यमन्त्री राईले भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिए । सङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको छ ।

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रेपलान्चोक । यहाँ दैनिक कोरोना सङ्क्रमण दर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय […]

चितवनमा कोरोना सङ्क्रमण बढ्दै

चितवन– जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ । असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उनले जानकारी दिइन्। फागुन अन्तिम सातादेखि शून्यमा […]

बाबुराम भट्टराईलाई कोरोना सङ्क्रमण

काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ । भट्टराईलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो। भट्टराईले आफूलाई फेरि कोरोना सङ्क्रमण भएको बताए । उनले पिसीआर परीक्षण गरेका थिए, रिपोर्ट पोजेटिभ आएको छ । सामान्य लक्षण देखिएको उनले बताएका छन् । उनले केही दिन आफू […]

विश्वमा पहिलो पटक हरिणमा कोरोना सङ्क्रमण

काठमाडौँ । अमेरिकी सरकारले विश्वमा पहिलो पटक हरिणमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । अमेरिकी कृषि विज्ञान विभागले ओहिओ प्रान्तमा जङ्गली जनावर हरिणको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । यद्यपि, हरिणमा कोरोनाको कुनै लक्षण नरहेको अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । यसअघि कुकुर, बिरालो, बाघ, सिंह, […]

सांसद् श्रेष्ठलाई कोरोना सङ्क्रमण

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेसनमै रहेको उनले बताए । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरेका छन् ।

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४५० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने हालसम्म १४ महिलासहित ४५ को मृत्यु भएको छ।

राहुल गान्धीलाई कोरोना सङ्क्रमण

काठमाडौं। भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष तथा सांसद राहुल गान्धीलाई कोरोना सङ्क्रमण भएको छ। गान्धीले ट्वीटरमार्फत् आफूलाई कोरोना सङ्क्रमण भएको जनाएका हुन्। सामान्य लक्षणहरू देखिएपछि कोरोना परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको उनले बताएका छन्। पछिल्ला दिन आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना सुरक्षा प्रोटोकल पालना गर्न पनि उनले अनुरोध गरेका छन्। अहिले उनको स्वास्थ सामान्य रहेको छ।

भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको छ ।कोरोना सङ्क्रमण बढ्दै गएको र यहाँका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले कोरोना रोकथामका लागि खासै उल्लेख