आइतबार धुलिखेल–खावा सडक खण्डका बारेमा बुझ्नलाई पुगेका सांसद, जनप्रतिनिधि, सडक विभागका अधिकारीहरूलगायतसँग स्थानीय सरोकारवाला पक्षको ठूलै वादविवाद पर्यो । संघीय संसद् अन्तर्गतको पूर्वाधार विकास समितिका सदस्यहरुले धुलिखेल–खावा सडक खण्डको अनुगमन गरेका थिए । संसदीय समितिको उक्त टोली सांसद शंकर भण्डारीको नेतृत्वमा त्यहाँ पुगेको थियो ।