लमजुङको बेसीसहर नगरपालिका–१ साविक उदिपुर गाविस जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा भएको छ । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी बालमैत्री वडा घोषणा गरिएको हो ।कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले वडालाई बालमैत्री घोषणा गरेसँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्नेमा जोड दिइन् । बालिबालिकाको अवस्था र सूचकहरू थप राम्रो […]