एक दुई दिनभित्रमा पर्यटन लक्षित खोपः मन्त्री कँडेल

काठमाडौं। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी छिट्टै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन्। पश्चिमाञ्चल होटेल सङ्घद्वारा पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’बारे छलफलमा उनले प्रथम चरणमा परिषद्अन्तर्गतको सङ्घ लगायतका सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी दिए।

सम्बन्धित सामग्री

पर्यटनमा नीतिगत सुधार गर्छौं : पर्यटन मन्त्री

८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटनमा नीतिगत सुधार गरिने बताएका छन् । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताए । मन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा […]

पर्यटन पुनरुत्थानमा सहयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवद्र्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका छन् ।मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् । पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नुपर्ने मन्त्री […]

बालेन र पर्यटन मन्त्री श्रेष्ठबिच भेटवार्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्य योजनामा महानगरपालिकासँग सहकार्य गरिने बताएका छन्। काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना रहेको बताउँदै मन्त्री […]

पर्यटन क्षेत्रको विकासमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ

पर्यटन, संस्कृति नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले हिउँमा खेलिने साहसिक खेलहरुको प्रवद्र्धनले नेपालमा पर्यटक भित्राउन सहयोग पुग्ने बताउँदै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए ।मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रुपमा रहेको पर्यटन क्षेत्र कोभिड १९को महामारीका कारण […] The post पर्यटन क्षेत्रको विकासमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्यटन मन्त्री आले र शहरी विकास मन्त्री  झाक्रीले दिए राजीनामा

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आलेले आफू मन्त्रालयगत काममा ९० प्रतिशत सफल भएको दाबी गर्नुभयो । […]

पर्यटन क्षेत्रलाई नयाँ रणनीतिका अगाडि बढाउनुपर्छ : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोभिडको समस्या आइरहेको पर्यटन क्षेत्रलाई नयाँ रणनीतिका साथ अगाडी बढाउनुपर्ने बताएका छन् । उनले नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवमा बोल्दै उनले प्रतिकूल परिस्थितिमा नयाँ रणनीति ल्याउनुपर्ने बताएका हुन् ।मन्त्री आलेले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको बताए । यस्तै, मन्त्री आलेले बोर्डलाई संघीय संरचना अनुरुप लैजान तथा कर्मचारीको वृत्ति विकासमा अवरोध नआउने गरी काम भइर

पर्यटन क्षेत्रको पुरुत्थान गर्ने मन्त्री आलेको प्रतिवद्धता

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताएका छन् ।कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको उनले बताए । नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजित कार्यक्रममा उनले कोभिडले गर्दा नेपालको पर्यटन उद्योग बढी समस्यामा रहेकाले […]

मन्त्री श्रेष्ठले भने- पर्यटन मन्त्रालयको जिम्मेवारी रहर होइन बाध्यता हो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

आन्तरिक उडान बन्द हुँदैन: पर्यटन मन्त्री

पर्यटन मन्त्री भानुभक्त ढकालले आन्तरिक उडान रोक्ने कुनै योजना नरहेको बताएका छन्।