विरोध र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएपछि काठमाडौंका चाबहिल-साँखु खण्डको थलीमा कालोपत्रे सुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा पर्ने थलीमा वर्षौँदेखि सडक कालोपत्रे नभएपछि विरोध पर्दशन गर्दैै सडक बन्द गरिएको थियो । राप्रपा नेतृ कुन्ती पोखरेलको नेतृत्वमा सडक कालोपत्रे गर्न दवाव दिँदै केही दिनयता सडक प्रर्दशन गर्नुका साथै कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको थियो । सडक कालोपत्रे सुरु भएपछि नेतृ पोखरेलले रातोपाटीसँग भनिन्–‘विगतमा हालक