रूसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना श्रमिकको निसास्सिएर मृत्यु
एजेन्सी । रूसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।