खुल्ने भयो सवारी लाइसेन्सको परीक्षा, स्वास्थ्य मापदण्डमा कडाई गरिने

परीक्षा सञ्चालनको लागि विभागले नयाँ मापदण्ड पनि बनाएको छ । मापदण्ड अनुसार लिखित परीक्षामा एक सिफ्टमा बढीमा सय जनालाई सहभागी गराउने र एउटा कोठामा बढीमा २५ जना राख्ने व्यवस्था गरिएको छ। यस्तै ट्रायल पनि एक सिफ्टमा बढीमा ५० जनालाई मात्र सहभागी गराउने मापदण्ड स्वीकृत भएको हो ।