बसाइँसराइका कारण बाँझो भएको जग्गामा खेती गरेर आत्मनिर्भर बनाउन बागलुङको ताराखोला गाउँपालिकाले नीति बनाएरै काम थालेको छ । गाउँपालिकाले आफ्नै कृषि उत्पादन केन्द्र बनाउन ५ सय रोपनी जग्गामा कृषि व्यवसाय गर्ने भएको हो ।
गलकोट, ३० चैत । बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट […]