३९९औँ हप्तामा वाग्मती सफाइ महाअभियान

वाग्मती सफाइ महाअभियानको ३९९औँ हप्तामा तिनकुने वाग्मतीपुल क्षेत्रमा सफाइ गरिएको छ ।  सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइ महाअभियानका प्रमुख अभियानकर्मी नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायतको सक्रियतामा सफाइ भएको हो ।           सफाइमा काठमाडौंँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकुका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन उपभोक्ता मञ्च, आलोकनगर समुदाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र वाग्मती सफाइ महाअभियानका अभियानकर्मीको पनि सफाइमा सक्रियता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिनुभयो ।           महानगरपालिका वातावरण व्यवस्थापन विभाग, अधिकार सम्पन्न वाग्मती समिति र वाग्मती अभियानकर्मीको संयुक्त प्रयासमा फोहर गर्नेलाई गत हप्तादेखि दण्ड जरिवाना स्वरुप शुल्क उठाउन शुरु गरिएकामा यो हप्ता रु तीन हजार ५०० जरिवाना गराइएको छ । राजधानीका सबै स्थानीय तहलाई जरिवाना गर्न अनुरोध गरिएको महाअभियानले जनाएको छ । आलोकनगर वाग्मती नदी किनारमा विहान बेलुका व्यायाम गर्न आउनेका लागि उद्यानको निर्माण गरिएको छ ।           अर्को शनिवार पुस २५ गते सफाइ महाअभियानको ४०० औँ हप्तामा मीनभवन क्षेत्रमै मुख्य कार्यक्रम गरिने भएको छ । कार्यक्रमका लागि महाअभियानले सबैमा निमन्त्रणा समेत गरेको छ । तीनकुने पुल क्षेत्रको वाग्मती किनारमा बिहान ८ बजेदेखि १० बजेसम्म मुख्य कार्यक्रम गरिने महाअभियानले जनाएको छ । त्यसै दिन उपत्यकाका अन्य छ स्थानमा पनि जनचेतनामूलक अभियानसहित सफाइ गरिने अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । मुख्य कार्यक्रममा भाग लिन नसक्नेले अन्य स्थानका कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित सामग्री

एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ।...

वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामै सीमित

काठमाडौँ – सफाइ जागरण फैलाउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ। महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ। महाअभियानले पाँच सय हप्ता पूरा गर्दा अभियानले पहिले राख्दै आएका माग भने छोड्न थालेजस्तो देखिएको अभियानकर्मीले नै गुनासो गर्न थालेका छन्। पुसको चिसोमा पनि जारी […]

बडादसैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयमसेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान आजदेखि ४९० औँ हप्तामा प्रवेश गरेको हो । यस अवसरमा बुद्धनगरको वाग्मती पुलमा जम्मा भएका अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन नकुहिने फोहोरलाई व्यवस्थापन गरेकोे अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।महाअभियानमा वाग्मती किनार सडकको दुवैतर्फ घरदैलो कार्य

वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ– नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयम्सेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान आजदेखि ४९० औँ हप्तामा प्रवेश गरेको हो । यस अवसरमा बुद्धनगरको वाग्मती पुलमा जम्मा भएका अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी एक […]

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्तामा

काठमाडौँ, १० पुस: प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा सफाइ महाअभियान सुरु भएको ४५० हप्ता पूरा भएको छ । विसं २०७२ जेठ ५ गतेदेखि सुरु भएको महाअभियान हरेक हप्ताको शनिबार बिहान ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ हुँदै आएको छ । चाडपर्व, जाडो, गर्मी, वर्षालगायत प्रतिकूल परिस्थितिमा पनि सफाइ महाअभियान रोकिएको […]

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्ताको तयारी

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दै छ । महाअभियानले ४५० औँ हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ । सो अवसरमा पुस १० र १७ गते बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित विशेष कार्यक्रमको आयोजना गरिएको […]

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्ताको तयारी

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दैछ ।

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्ताको तयारी

काठमाडौँ, ५ पुस: ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दैछ । महाअभियानले ४५० औँ हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ । सो अवसरमा पुस १० र १७ गते बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित विशेष कार्यक्रमको आयोजना गरिएको […]

वाग्मती सफाइ महाअभियान ४२३औँ हप्तामा

काठमाडौँ, ५ असार: पशुपति र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ४२३औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा भएको सफाइमा छ अभियानकर्मीले सफाइ गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए । पशुपति क्षेत्रको […]

निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ, १८ वैशाख: नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा वाग्मती सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवम् अभियानकर्मी डा माला […]