प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि मतदान केन्द्रमा अस्वाभाविक मतदान भए पुन मतदान गर्ने बताएका छन् । बिहीबार आयोगमा भएको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले यो पटक मतदाताभन्दा बढी मत नहुने दावी गरे । ‘योपल्ट मतदाताभन्दा बढी मत हुने छैन । हामीले मतगणना प्रारम्भ गर्नुभन्दा अगाडि कुन-कुन वडाको कुन–कुन मतदान केन्द्रमा कति मत खस्यो ? र त्यो बाहिरी आँखाले हेर्दा अस्वाभाविक लाग्ने हुन्छ कि हुँदैन ? अर्थात् उदाहरणको लागि कहि सतप्रतिशत मतदान भयो, सुन्दा सारै राम्रो बुझ्दा