ललित मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच साझेदारी

काठमाडौं । ललित मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धी साझेदारी भएको छ । ललित मनी ट्रान्सफरले अमेरिका, क्यानडा, युरोप, बेलायत, दक्षिण कोरिया, सिंगापुर, हङकङ, अस्ट्रेलिया र न्युजिल्यान्डबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । छिट्टै अस्ट्रेलिया, न्यजील्यान्ड जस्ता अन्य मुलुकहरूबाट पनि रेमिट्यान्स भित्र्याउने कम्पनीले जनाएको छ ।