बागलुङको रामतोला बस्ती पहिरोको जोखिममा

बागलुङ : बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्ती पहिरोको जोखिममा परेको छ। पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन्।घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ। केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन्। पहिराले बग्ने डरले अधिकांश बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन्। डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन्। जिल्ला