कृष्ण जन्माष्टमीको अवसर पारेर  ‘भगवत गीता’ निर्माण घोषणा

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ ।फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनिलकुमार थापा रहनेछन् । झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

सम्बन्धित सामग्री

विद्यालयस्तरीय तिज गीत प्रतियोगिता

नवलपुरमा श्री कृष्ण जन्माष्टमीको अवसर पारेर विद्यालयस्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको छ । नेपाली कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले हरेक वर्षझैँ यो वर्ष पनि श्री कृष्ण जन्माष्टमी उत्सव गरेर राष्ट्रिय भजन, शंखध्वनि र विद्यालय स्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको हो ।

रोपाइँ जात्रा मनाउन रेसुंगामा भोलि सार्वजनिक बिदा

१० भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अवसर पारेर ११ भदौमा नगरले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै …

कृष्ण जन्माष्टमीमा दर्शकलाई ‘कृष्ण लीला’

‘कृष्ण लीला’ अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको रोमान्स रहेको फिल्म हो । फिल्म नयाँ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । नाम ‘कृष्ण लीला’ भएकोले फिल्म पनि कृष्ण जन्माष्टमी पारेर रिलिज गर्न लागेको निर्देशक दीपक ओलीले बताए । यस अगाडि गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण हल बन्द भएपछि फिल्म रिलिज हुन सकेको थिए ।दीपक ओलीको निर्देशन रहेको फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाल