रोजगारी हामी सबैको मौलिक हक हो । यसको महत्वलाई ध्यान दिंदै यसको प्रत्याभूमि संविधानमै गरिएको छ । विकसित मुलुकका संविधानमा सीमित कुराहरू लेखिएका हुन्छन् । उनीहरू आधारभूत कुराहरूको अनिवार्य कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा जोड दिन्छन् । तर, हाम्रो जस्तो विकासोन्मुख मुलुकमा लेखिएका सीमित कुराहरू पनि कार्यान्वयन गर्न नसक्दा प्रायः जनता संविधानप्रदत्त अधिकारबाट पनि विमुख भइरहेका […]