काठमाडौं– एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ टोलीले २ सय १४ रनको लक्ष्य दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ ले ३२ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १३ रन बनायो । जिम्बाब्वेका लागि तडिवानासे मरुमनीले ५० र कुडजाइ मौन्जेले ३९ रन […]