आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व
सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ। आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ ।
फुङलिङ, २२ कात्तिक । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र सो पर्व मनाइँदै आइएको छ । गत वर्ष कोरोनाले प्रभाव परे पनि यस […]