म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा रहेको १ सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ ।
बेनी नगरपालिका–७, मङ्गलाघाट र २ नम्बर वडा बगरफाँट जोड्ने म्याग्दी खोलामाथि काठको सहयोगमा निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेको हो ।
१९४४ सालमा निर्माण गरिएको म्याग्दीखोला वारि मङ्गलाघाट र पारिको बस्ती बगरफाँटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । पुलको लठ्ठामा खिया लाग्नु, काठका फ्ल्याकहरु कुहिँदै जानु र गएको वर्ष पुलमाथि जीप खसेर द...