ट्रेकिङ जाँदा भनेकै ठाउँमा होटेल–रेस्टुरेन्ट नभेटिन सक्छ । त्यसैले आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिर्सन हुँदैन । हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । सकेसम्म इनर्जी दिने चकलेटहरू बोक्दा राम्रो हुन्छ । किनभने, धेरै भारी पनि...
ट्रेकिङमा निस्कँदा आफ्नो ब्यागमा नक्सा वा कम्पास, टर्च, आवश्यक कपडा, सनस्क्रिन क्रिमलगायत प्राथमिक सामग्री राख्नुपर्छ । इनर्जी दिने खानेकुरा बोक्न बिर्सनु हुँदैन । किनकि भनेकै ठाउँमा होटेल–रेस्टुरेन्ट नभेटिन सक्छ । त्यस्तै, भेटिएका होटेलमा...
किङ जाँदा भनेकै ठाउँमा होटेल–रेस्टुरेन्ट नभेटिन सक्छ । त्यसैले आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिर्सन हुँदैन । हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । सकेसम्म इनर्जी दिने चकलेटहरू बोक्दा राम्रो हुन्छ । किनभने, धेरै भारी पनि...
बिहानको ७ बजे केही खानेकुरा र अत्यावश्यक औषधी झोलामा राखेर काठमाडौंबाट शुरू भएको यात्रा १०५ किमीको साइक्लिङपछि रसुवाको धुन्चे पुगियो ।
बेलाबेला बाटोकै वरपर रूखको छहारीमा विश्रामबाहेक दिनभरको यात्राको थकाइले गलेको र पसिनाले भिजेको शरीरलाई त्यस दिन धुन्चेमै आराम दिने निर्णय लिएँ ।
कतै बाइरोड त कतै अफरोड, त्यो यात्रा रोमाञ्चक थियो । फागुन महीना भएकाले पसिनाचाहिँ आएको थियो । म पहिलो पटक साइक्लिङ गएको भने थिएनँ । यद्यपि धेरै स्थानमा घुम्न गएको छु । रुबी भ्यालीमा अन्नपूर्ण ट्रेलमा जस्तो बस्दै–खाँदै हिँड्न भने नपाइने रहेछ । त्यसैले त्यो यात्रामा यस अगाडिको भन्दा भिन्न अनुभव रह्यो ।
नाम बाहुन डाँडा, बस्ती तामाङको
भोलिपल्टको यात्रा सोमदाङको थियो । सोही अनुसार बिहान सबेरै उठेर यात्रा शुरू भयो । धुन्चेबाट अगाडि बढ्दा ठूलो बजार भनेको स्याप्रुबेसी हो । यो आफैमा एउटा व्यापारिक ‘हब’ रहेछ । त्यो नै मेरो गन्तव्य रूबी भ्यालीको शुरूआती बिन्दु थियो । त्यहाँबाट दायाँ लाग्दा लाङटाङ र सिधा अगाडि बढ्दा चाइना बोर्डर पुगिन्छ । बायाँतर्फ हिँडे बाहुन डाँडा पुगिन्छ । चिलिमे हाइड्रोपावर जान पनि यहीबाट लाग्नुपर्छ ।
बाहुन डाँडा (बायाँ)। र, त्यहाँस्थित पसलमा रहेका 'बालक साहुजी' ।
स्याप्रुबेसीबाट अगाडि बढ्दा आउने एउटा सानो गाउँ हो बाहुन डाँडा । उक्त गाउँमा ‘बाहुन’ बस्छन् जस्तो कतिपयलाई लाग्न सक्छ । तर, त्यहाँ त्यस्तो छैन । त्यहाँ तामाङ जातिको बसोबास छ । त्यहाँ केही सामान्य होटल छन् । .
बाहुन डाँडा पर्यटकीय हब भएकाले प्रशस्त विदेशी पर्यटक पनि आउने रहेछन् । जसमध्ये ९५ प्रतिशत पर्यटक भने लामटाङतर्फ जाने रहेछन् । म भने सोमनाङतर्फ मोडिएँ ।
गत्लाङ (बायाँ)। र, गत्लाङ पुग्नुअघिको देखिएको दृश्य ।
त्यहाँबाट गत्लाङ हुँदै अगाडि बढ्दा बीचमा पार्वती कुण्ड पर्छ । यो करिब २ हजार ५०० मिटरमा अवस्थित छ । झट्ट हेर्दा रारा तालजस्तै लाग्ने उक्त कुण्डमा अधिकांश मानिस जनैपूर्णिमामा मात्रै पुग्ने स्थानीयले बताए । त्यहाँबाट करिब १ हजार २५० मिटर माथि जाँदा पाङसाङ पास पुगिन्छ । त्यहाँबाट भने लहरै हिमालको दृष्य देखिँदो रहेछ ।
पार्वती कुण्ड (बायाँ)। र, नुहाउने स्थान ।
पार्वती कुण्डमा केहीबेर समय बिताएपछि यात्रा अगाडि बढ्यो । बीचमा पानी पर्यो, असिनाले चुट्यो । त्यहाँ लामो समयदेखि हिउँ नपरेको रहेनछ । त्यस दिन भने मज्जैले पर्यो । सोमदाङ पुग्न करिब ४ घण्टाको यात्रा तय गर्नुपर्ने थियो । समय धेरै घर्किसकेको थियो ।
धुन्चेदेखि करिव ५० किमीको १० घण्टे उकालो साइकल यात्रापछि सोमदाङ पुगिँदो रहेछ । सोमदाङबाट उकालो बढी रहेछ । यो सानो बजार हो । त्यहाँको बसाई विस्मृत बन्यो मेरा लागि । किनकि त्यो गाउँभरिमा त्यस दिन म मात्रै एउटा अतिथि थिएँ । गाउँभरिका मान्छे काम, अध्ययन लगायतका कारण अन्य स्थानमा बस्ने भएकाले त्यहाँ मुस्किलले १० जना मानिस थिए होलान् ।
भञ्याङ पर्ने भएकाले त्यहाँ पुग्न केही समस्या छ । ट्रेकिङ खासै नफस्टाएकाले त्यहाँ चहलपहल छैन ।
सोमदाङ पुग्दा अति नै ढिलो भइसकेको थियो । यताउता कोही नदेखेपछि ‘कोही छ’ भन्दै चर्को स्वरले चिच्याएँ । एक–दुई घरमा त ढोका ढकढक गरें । कोही आएनन् । बाहिर हेर्दा डसना सुकाएको देखें । त्यसैले त्यहीं रात कटाउने निधो गरें । मान्छे देखिएनन्, कुकुरहरू भने झम्टिनै आए ।
सोमदाङ (बायाँ)। र, त्यहाँको होटलमा खाएको खाना ।
त्यसपछि २ जना महिला ‘को हो’ भन्दै आउनुभयो । मैले होटल चाहिएको बताएपछि उहाँहरूले केही तल एउटा होटल रहेको र आफूले खबर गरिदिने बताउनुभयो ।
त्यहाँ एउटा सामान्य होटलमा बस्ने व्यवस्था भयो । पर्यटक नआउने भएर होला, होटल भनिएजस्तो थिएन ।
बास बसेको होटलको सुतेकाे काेठा (बायाँ)। र,भान्सा कोठा ।
होटलमा पनि साहुनी मात्रै बस्नुहुँदो रहेछ । उहाँले आफ्नो लागि बनाउनुभएको खाना दुई जनाले बाँडेर खायौं ।
गाउँमा एक्लै किन भन्ने मेरो जिज्ञासा थियो । यसबारे बुझ्दा उहाँको श्रीमान काठमाडौंतिर र छोराछोरी शहरमा पढ्ने रहेछन् । त्यहाँ नेटवर्कसमेत छैन । तर, पुरानै प्रविधिको वायरलेस फोन चल्ने रहेछ । त्यसैबाट ममीलाई फोन गरें ।
त्यहाँको आम्दानीको स्रोत भनेको पर्यटक र यार्चा रहेछ । उहाँ (होटलकी साहुनी)ले वैशाखमा आउनू, यार्चा टिप्न जाउँला भन्नुभयो । मैले पनि हुन्छ भनें ।
रुबी भ्यालीमा पर्ने भएकाले सोमदाङमा आर्थिक उपार्जनको अर्को वस्तु रूबी रहेछ । त्यहाँ यसको उत्खनन् पनि गरिँदो रहेछ । यसबारे मलाई खासै जानकारी भने दिएइन । यार्चा भने एजेन्टले प्रतिगोटा सय रूपैयाँमा खरीद गर्ने रहेछन् । यहाँ सुदूरका जिल्लामा जस्तो सिन्डिकेट भने रहेनछ ।
सोमदाङबाट बिहान ८ बजे मेरो यात्रा पाङसाङ हुँदै तिप्लिङतर्फ शुरू भयो । बाटैभरि हिउँ परेको थियो । बाटोमा याकसँग तस्वीर खिच्दै अगाडि बढें ।
सोमदाङमा परेको हिउँ (बायाँ) र पाङसाङतर्फको बाटोमा भेटिएको याक ।
पाङसाङमा एउटा राम्रो पेन्टिङ देखें, त्यसले मलाई आकर्षित गर्याे । त्यो पेन्टिङ बनाउने कलाकारसँग पनि भेट्ने मौका मिल्यो । ती स्थानीय कलाकार रहेछन् ।
पाङसाङमा रहेको पेन्टिङ ।
केही समयको यात्रापछि म तिप्ल्याङ पुगें । त्यहाँका अधिकांश मानिस क्रिस्चियन रहेछन् ।
डाँडाबाट देखिएको तिप्लिङको दृश्य ।
धर्मका बारेमा खासै चासो नराख्ने मलाई यत्रतत्र गुम्बा नै गुम्बा र बौद्धमार्गी भएको गाउँ कसरी क्रिस्चियन बन्यो होला भन्ने लाग्यो । यस्तो लाग्नु स्वभाविक नै हो । स्थानीयहरू क्रिस्चियन भएपछि ‘रोग हटेको’ विश्वास गर्दा रहेछन् ।
त्यहाँ खाजा खाएपछि मेरो गन्तव्य धादिङबेसीको थियो । त्यसदिन मेरो बसाई झार्लाङ भन्ने स्थानमा भयो । सामान्य किराना पसल जस्तो पसलमा बस्ने निधो गरें ।
झार्लाङमा भेटिएका फ्रान्सेली गोठालो
यात्राकै क्रममा फ्रान्सका एक नागरिक भेटिए । टम नाम गरेका ती व्यक्ति नक्साको भरमा यात्रा गर्दा रहेछन् ।
चिया पिउन होटलमा राेकिएका फ्रान्सेली नागरिक टम र चिया दिँदै हाेटल साहुनी ।
उनी नेपालमा पहिलोपटक भने आएका थिएनन् । १० वर्षअघि पनि आएका थिए । उनले नेपालका धेरै ठाउँ घुमिसकेका छन् । मेरो हिँडाइ देखेर उनले मलाई पनि विदेशी नै सोचेका रहेछन् । मैले आफू नेपाली हो भनेपछि उनी अचम्म परे । केही बेर कुराकानी गरेपछि उनी गाई फर्ममा काम गर्नै रहेछन् भन्ने थाहा भयो । साथै उनी हरेक वर्ष कुनै न कुनै देशको भ्रमणमा निस्कने रहेछन् भन्ने पनि जानकारी भयो ।
उनको यात्रा मेरोजस्तो हतारको थिएन । न उनको यात्राको निश्चित गन्तव्य नै । उनी हरेक दिन छोटो दूरी तय गर्छन् । र, फरक–फरक पहाड उक्लिन्छन् । मोबाइलसमेत नबोक्ने उनी सामाजिक सञ्जालमा समेत सक्रिय छैनन् । उनी सामाजिक सञ्जालमा आफ्ना तस्वीर पोस्ट गर्नसमेत मनपराउँदैनन् । यही भएर होला, सामाजिक सञ्जालमा पोस्ट नगर्ने सर्त राखेर उनले आफूसँग तस्वीर खिँच्ने अनुमति दिए ।
झार्लाङ नजिकै दक्षिण एसियाकै ठूलो दाबी गरिएको पहिरो छ । त्यो छुटाउने कुरै भएन । भोलिपल्ट त्यही रूटतर्फ लागें ।
प्रहरी पनि नजाने ‘रि’ गाउँ
त्यसको पारिपट्टि ‘रि’ गाउँ छ । यहाँको कहानी भने अनौठो छ । झार्लाङका स्थानीयले सुनाए अनुसार ठाउँमा काटमार अत्यधिक हुने भएकाले बाहिरका मानिस जान डराउँछन् । भौगोलिक हिसाबले पनि त्यहाँ जान निकै अप्ठेरो रहेछ । यतिसम्म कि त्यहाँ प्रहरी पनि नजाने गरेको स्थानीयले सुनाए । त्यसैले स्थानीयले मलाई त्यहाँ नजान सुझाए ।
करिब ५ घण्टाको साइकल यात्रापछि म धादिङबेसी आइपुगें । मलाई भोलिपल्टको कार्यालय भेट्टाउनुपर्ने भएकाले गल्छीदेखि बसको यात्रा हुँदै काठमाडौं फर्किएँ ।
पथ प्रदर्शक र भरियाबिनै नक्सा र किताबको भरमा पदयात्रामा जाने गरेका विदेशी पर्यटक नै अधिकांश हराउने गर्छन् । हुन पनि उनीहरु नक्सा र किताबको भरमा आफूखुसी ट्रेकिङ गर्न जाने र सकेसम्म खानेकुरासमेत (टिनबट्टाको खानेकुरा) आफ्नै देशबाट ल्याउने गरर्छन् । कुनैकुनै विदेशी पर्यटकले त होटल÷लज र रेस्टुराँमा तोकिएको मेनु (मूल्य) मा...
साहसिक पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कैयौं हिमाल र हिमालका घाँटीहरू पास गर्दै कठिन यात्रा गर्नुपर्ने उच्च हिमाली क्षेत्रमा रहेका पदयात्रा (ट्रेकिङ रूट) मार्ग छन् । ग्रेट हिमाल ट्रेल, शेर्पेनीकोल, टाशीलाप्चा पास, आमालाप्चा पास, मिङ्माला पास, मेराला पास, कालापत्थर, गोक्यो–री, रिन्जोला पास, चलोला पास, कञ्चनजंघा दक्षिण सेलेले पास, मिरिङला पास, कञ्चनजंघा उत्तर ल्होनाक, पाङ्पेमा बेस क्याम्प, कागमारा पास, अप्पर डोल्पा, शे–गुम्बा, धो–तराप पास, गणेश हिमाल, रुबी भ्याली, नार–फु, थोरोङपास, तिलिचो पास, मनास्लु पास, चुम भ्याली, धवलागिरि पास (धवलागिरि राउन्ड), गोसाइँकुण्ड पास, अप्पर मुस्ताङ, माछापुच्छे« तथा अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अन्नपूर्ण धवलागिरि (एडी) सर्कट, अपी हिमाल, हुम्ला (लिमी) पास आदि प्रमुख पदयात्रा मार्ग हुन् । विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने धेरै कम पदयात्रा मार्गमध्ये पर्ने शेर्पेनीकोल एक हो ।
पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६ हजार २०० मीटरको सेरोफेरोको यात्रामा खुबै सास्ती खेपिरहेका हुन्छन् ।
धेरै उचाइ र साह्रै कठिन यात्रा गर्नुपर्ने भएकाले यो पदमार्गमा धेरै कम विदेशी पर्यटक आउने गरेका छन् । यो रूटमा ट्रेकिङ गर्न कुनै बेला सुनसरी जिल्लाको धरान बजार, भेंडेटार, धनकुटा बजार, हिले, पाख्रीवास, ताङ्माया, तुम्लिङटार हुँदै पैदल यात्रा गर्नुपथ्र्यो । अहिले चाहिँ संखुवासभा जिल्लाको चिचिला–नुमसम्मै गाडी चल्ने गरेको छ । त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, वरुत्चे हिमालको बेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ ।
केही पदयात्रीहरूले चाहिँ मेरा–ला वा वरुत्चे हिमालबाट आम्फु लाप्चा पास हुँदै छुकुङ गाउँमा निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे बजार हुँदै लुक्ला बजारमा आएर आफ्नो २५/२६ दिनदेखि २९/३०/३१ दिनसम्मको पदयात्रा समाप्त गर्छन् ।
यो पदयात्रा मार्गमा विभिन्न उपमार्ग पनि छन् तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, याङ्ले खर्क, हिलारीबेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) मा क्याम्प गर्नुपर्छ ।
यहाँ सीधा भिरालो छ । यहाँको बाटो हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ । ६,२०० मीटरको हाराहारीमा वरुणत्चे हिमालको क्याम्प–१ मा वास बस्नुपर्छ । यो मार्गमा टासीगाउँसम्म मान्छेको बसोवास छ । यहाँ २०–२५ घर शेर्पा छन् । त्यसपछिको प्राय: सबै क्याम्प खर्क–चउरमा गरिन्छ । हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न शुरू गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मीटर उचाइमा अवस्थित छ । त्यस्तै १ दिन पूरै नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६,२०० मीटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला खुबै सास्ती खेपिरहेका हुन्छन् । उच्च हिमाली भेगमा अक्सिजनको कमी हुन्छ । हिँड्दाहिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् ।
प्राय: सबै पदयात्री, स्टाफ तथा भरियाको हालत त्यस्तै हुन्छ तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) का कारण सिकिस्तै हुन्छन् भने कतिको त हिँड्दाहिँड्दै ज्यानै जान सक्ने खतरा हुन्छ ।
शेर्पेनीकोल पास गरेर वरुणत्चे बेस क्याम्प आउने दिन लगभग ५०० मीटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कति भरियाले भारी बोक्न नसकेर बाटो छाडेर हिँड्छन् । ज्यानभन्दा ठूलो होइन ती खानेकुरा र सरसामानहरू ! बाटामा कताकति हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लास प्राय: नेपालीका, त्यसमा पनि भरियाहरूको हुन्छ ।
दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो पदयात्रा मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जजसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । यहाँ पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् ।
विगतमा आधुनिक सूचना र सञ्चारको अभाव र मानव बस्ती नभएका कारण बीच बाटोमा कथंकदाचित् विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन हत्तपत्त सम्भव हुन्थेन । लेक लागेर बिरामी भएका मान्छेलाई बचाउन सके वा बिरामी बाँचेमा पनि सद्दे र तगडा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो र हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याउँथ्यो । नेपालीहरू मरी हालेमा लास त्यतै छाडिन्थ्यो । त्यस्तो अनकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका साथमा ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन सम्भव नै हुँदैनथ्यो । बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो, अझ त्यसरी एक्लै पठाउँदा धेरैजसो बिरामी मर्ने सम्भावना नै हुन्थ्यो ।
लेखक पर्यटनकर्मी हुन् ।