कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको बैजनाथ आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै साघुँरो कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।विद्यालयसँग रहेका भवनमा पाँच वटा कोठा मात्रै छन्। एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकासका दुई कक्षा र बाँकी रहेका तीन कोठामा पाँच कक्षासम्मका विद्यार्थीलाई राखेर पठनपाठन हुँदै आएको छ। एउटै कोठामा एउटा कक्षाका विद्यार्थीलाई उत्तरतर्फ फर्काएर र अर्को कक्षाका विद्यार्थीलाई दक्षिणतर्फ फर्काएर पठाउने गरिँदै आएको छ। एउटै कक्षामा दु