सल्यानमा पनि भेटिन थाले डेंगुका बिरामी

सल्यान : सल्यानमा पनि डेंगुका बिरामी भेटिन थालेका छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन्।पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको समयमा डेंगुका बिरामी पनि देखिन थालेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोमा हालसम्म ४ जना डेंगुका बिरामी फेला परेको सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले जानकारी दिए।'अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनिया