प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

मोरङ । प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल बुधवार विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ ।

सम्बन्धित सामग्री

कामको चाप र राजनीतिक कारणले मन्त्रिपरिषद् विस्तार : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश नं १ स्तरीय प्रथम भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले विगतको सरकारले कुनै पनि काम गर्न नसकेको र कार्य विशेषताले मन्त्रालयको विभाजन गर्नुपरेको धारणा व्यक्त गरे । […]

प्रदेश नं १ मा मन्त्रिपरिषद् विस्तार

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले रामकुमार राईलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, राजन राईलाई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन तथा सस्कृति, झलकबहादुर मगरलाई कृषि, शेखरचन्द्र थापालाई वन, वातावरण तथा भू–संरक्षण, ओमप्रकाश सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, प्रताप प्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार र उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा आज पद तथा गोपनियनताको शपथ गराउनुभयो ।

प्रदेशको नामकरण पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताउनुभएको छ । मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने छ भन्नुभयो । मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने […]

प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार : ५ जना मन्त्री थपिए

भदौ ३०, विराटनगर । प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल बुधवार विस्तार गरिएको छ ।  विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई जना मन्त्री र तीन जना राज्यमन्त्री थप गरिएको छ । नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हिराकुमार थापा छन् ।  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले बुधवार साँझ मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराए ।  प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार शपथ गराएका हुन् ।  यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्री बस्नेत, राजवंशी र अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए । समारोहमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचार तथा सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । रासस

प्रदेश १ मा दुई मन्त्री थप

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज साँझ मन्त्रिपरिषद विस्तार गरेका छन । थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ रहेका छन् । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन […]