नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ५६ अंकको सुधार आएको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ५६ अंकले बढेर २३६९ अंकमा पुगेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको ५३ लाख ३३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४४ अंकले बढेको नेप्सेमा १ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।आज पनि दोहोरो अंकले बढेको नेप्से लगातार चौथो दिनदेखि उकालो लागिरहेको छ । साताको पहिलो कारोबार दिन आइतबार