कमिशनको गोलचक्करमा डीडीसी : आफ्नो मिल बिगारेर निजी मिल चहार्दै

दुग्ध विकास संस्थान (डीडीसी) ले विराटनगरस्थित आफ्नो मिल्क पाउडर प्लान्ट बिगारेर निजी क्षेत्रको प्लान्ट प्रयोगमा ल्याइरहेको छ । डीडीसीको ६० हजार लिटरको ६ मेट्रिकटन धुलो दूध उत्पादन गर्ने पाउडर प्लान्ट (मिल) कात्तिक ३० देखि बन्द छ । साता दिनमा बन्न सक्ने मिल बिग्रेको दुइ महिना बितिसक्दा पनि डीडीसीका व्यवस्थापनले यसमा चासो लिएको छैन । मर्मतको क्रममा मिलमा लाग्ने पार्टस तथा इन्जिनियरका लागि अग्रिम रकम भारत पठाउनुपर्ने हुन्छ तर डीडीसीले प्रक्रिया अगाडि बढाएको छैन । उता निमित्त उपमहानिर्देशक समेत