भट्टराईको निधन पछि रिक्त रहेको अध्यक्ष पदका लागि अकांक्षीहरूले लबिङ सुरु गरेका छन् । बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, राजेश हमाल, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम चर्चामा छ ।